७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरीमा फूल फुल्यो, कसैले टिपेन


१८ जेष्ठ २०७७, आइतबार  

0
Shares


लपु संवाददाता
१७ जेठ ०७७, ललितपुर । गत चैत्र बैशाखमा ललितपुर गोदावरी क्षेत्र गोदामचौरको खेतबारीमा ढकमक्क फूल फुल्यो । तर कसैले टिपेन ।
संसारभर बढ्दो कोरोना माहामारी र सरकारले लगाएको लकडाउनपछि राजधानी काठमाडौंका अधिकाशं मन्दिरमा ताल्चा लगाइए । कोरोनाको त्रासमा कारण भीडभाड हुने क्षेत्र बन्द गरिदा मन्दिर पनि बन्द भयो । अनि गोदामचौरको फूल बिकेन ।
स्थानीय किसान गोमा थापा फूल बेचेर महिनाकै ३०÷४० हजार जम्मा गर्ने गरेको बताउछिन् । उहाँको भनाईमा घरको नून तेलदेखि बच्चा पढाउन फूलबारीबाट पैसा आउँथ्यो ।
लक डाउनको अवधिमा फूल नबिक्दा फूलहरु सुकेर गएको छ । दश हजार रुपैयाँ भाडा तिरेर फूल खेती गरेकी गोदावरी १ गोदामचौरकी स्थानीय थापा भन्छिन्, यता बारीमा फूल फुल्यो उता पशुपतिनाथ मन्दिरमा ताला लाग्यो । हाम्रो फूल विकेन । थापाका अनुसार वसन्तपुर असन र गैशालालगायत काठमाडौंमा महत्वपूर्ण मन्दिर आसपासका फूल व्यापारी गोदामचौर आएर फूलको ठेक्का लिन्थे । स्थानीय किसान दिनहुँ पु¥याई दिन्थे ।


शिवशरण थापाले ३ रोपनी बारीमा फूल लगाएका छन् । पशुपतिमा पु¥याउदा पाथीको ५० रुपैयाँ पाइने थापा बताउछन् । लक डाउनका कारण यस बर्ष फूल बारीमा सुकेपछि घर खर्चको अभाव भएकोे उहाँको दुखेसो छ ।
स्थानीय किसान सुशान्त थापा धान रोप्ने सिजन शुरु हुदै गर्दा फूल फाड्न शुरु भइसकेको बताउछन् । ‘लगाएपछि फूल टिप्दै नटिपी फूलको बोट काट्नु पर्दा नरमाइलो लाग्ने रहेछ ।’ थापाले निराश हुँदै भने ।
गोदावरी नगरपालिका १ गोदामचौर फूल खेतीका लागि चर्चित छ । यहाँका किसान बाह्रै महिना फूल खेती गर्ने गरेका छन् । मन्दिरै मन्दिदरको शहर राजधानी काठमाडौंमा बाह्रै महिना माग हुने फूलहरु ललितपुरको गोदामचौर वाँडेगाँउ र ठैव क्षेत्रबाट आपूर्ति हुने गरेको छ । केही फूल भक्तपुरबाट समेत शहरका विभिन्न भागमा पुग्ने गरेको छ ।
यो सिजनमा गोदामचौरका किसानले ज्ञानी मैचा, सयपत्री रोपेका थिए । यो फूल बजारमा ५० रुपैया पाथीमा बेच्ने गरेको किसान बताउछन् ।
गोदावरी १ गोदामचौरका वडाध्यक्ष तथा स्थानीय हरिहर कार्की भने स्थानीयले धेर थोर फूल बेचेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘लक डाउनअघि गाँउलेले बजार लगेर बेचेका थिए । पछि पनि बजार लगेर गाउँलेले बेचेका छन् । पास बनाउन कोही कोही आए । मैले बनाएर पठाए ।’
लक डाउनपछि किसानको क्षतिपूर्तिका लागि नगरपालिकाको बोर्ड बैठकमा राख्ने कार्कीले बताउनुभयो । बैठकले निर्णय गरे क्षतिपूर्ति दिन सकिने कार्कीले बताउनु भयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १२ : २१ बजे