२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भोलिबाट वर्षा हट्दै जाने


१८ जेष्ठ २०७७, आइतबार  

0
Shares

 

झरिमा कालोपत्रे गर्ने झममा उडेको वाफ । तस्विर ः ललितपुर खबर

१८ जेठ ०७७, काठमाडौं । देशका विभिन्न भागमा केही दिनदेखि निरन्तर भइरहेको बर्षा सोमबारददेखि हट्दै जने भएको छ । मौसम पुर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिनुभयो । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ ।
नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव छ डिग्री र अधिकतम तापक्रम २७ दशमलव चार डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १ : ३५ बजे