लपु संवाददाता
१८ जेठ ०७७, चापागाँउ । ललितपुर चापागाँउ बजारमा चुरोट तथा सूर्तिजन्य पदार्थको अभावसँगै कालोबजारी शुरु भएको छ । जेठको पहिलो हप्तादेखि बजारमा चुरोट पाउन छोडेपछि व्यापारीहरुले महँगो मूल्यमा चुरोट बिक्रि वितरण गरिरहेका छन् ।
एक व्यापरीका अनुसार यहाँका होलसेल पसलेले व्यपारीलाई चुरोट विक्रि गरिरहेका छैनन् । होलसेल बाहेक अन्य पसल र एजेन्टले प्रति पेटी चुरोट एक सयददेखि दुई सयसम्म बढाएर चुरोट दिई रहेको छ ।
चापागाउका ती व्याापारको भनाईमा याहाँ हरेक बर्ष बजेट भाषण अघि यहा चुरोटलगायत सूर्तिको समेत अभाव हुने गर्दछ । सरकारले आर्थिक बर्ष २०७७÷७८ को बजेटमार्फत सुर्तीजन्य पदार्थको मूल्य बढाउने आशंकामा व्यापारीले नाफा असुल्न चुरोट तथ सूर्ति स्टोर गरिरहहेको स्थानीय व्यापारीहहरुले आशंका गरिरहेका छन् ।
प्यान नम्म्बर नहुने पसललाई १ हजार पाँच सय ३० रुपैयामा पाइलट चुरोट िबक्रि भइरहेको थियो ।
सरकारले बजेट मार्फत चुरोट तथ सूर्तिजन्य पदार्थको मूल्य बढाउने कुनै निर्णय सार्वजनिक गरेको छैन । एक व्यापारीका अनुसार बजारमा चुरोटको मूल्य बढेर आउने र अहिलेसम्म नयाँ चुरोट आइनसकेको कारण मूल्य बढ्ने आशंकामा चुरोट बिक्रि वितरण नभएका दावी गर्छन् ।
यहाँका बजारमा अनुगमन नहुँदा व्यापारीहरुले मौका छोपेर उपभोक्ता ठगीरहेको गुनासो सुनिने गरेको छ ।
पछिल्लो दिनमा लक डाउनका कारण कारखाना नचल्दा बजारमा भनेजति चुरोट तथ सूर्तिजन्य पदार्थ पाउन मुस्किल थियो ।
बजार मूल्यो बढ्यो
लक डाउनको अवधिमा सामान नआएको भन्दै स्थानीय होलसेल व्यापारीहरुले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । बजारमा चाउचाउ, विस्कुट,चकलेटको समेत अभाव छ ।
हरेक सामानमा पाँच देखि दश प्रतिशतसम्म मूल्य बढेको छ । सामान भनेको बेला र भनेजति पाउने अवस्था पनि नरहेको व्यापारीहरु बताउछन् ।
नाम उल्येख नगर्ने शर्तमा एक हाोलसेल व्यापारी तराईबाट सामान भनेको बेला नआउदा दैनिक उपभोग्य बस्तु बिक्रि गर्न कठिनाई भएको बताउछन् ।
चापागाँउ दक्षिण तथा मध्य ललितपुर र उत्तरी मकवानपुरका सदरमुकामको रुपमा परिचित छ ।
प्रतिक्रिया