४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज मात्रै नेपालभर कोरोना लाग्ने २ सय ८८ जना


२० जेष्ठ २०७७, मंगलबार  

0
Shares


२० जेठ ०७७, काठमाडौं । कोभिड –१९को संक्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षण आज २७० पुरुष र १८ महिला सङ्क्रमित भएको जानकारी दिनुभयो ।
आज देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा बढी हो । यसअघि सोमबार २३९, गत शनिबार १८९ र गत शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । यससँगै सङ्क्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : ४३ बजे