४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज २ सय १ जनामा कोरोना सङ्क्रमण


२१ जेष्ठ २०७७, बुधबार  

0
Shares

स्केजः कोपिला दुलाल\ललितपुर खबर

२१ जेठ ०७७, काठमाडौं । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएकोे छ । तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ ।
यसैगरी कोरोनाका कारण दोलाखाका ७६ वर्र्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको मन्त्रालयले जनाएको छ । उहाँ यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना हुनुभएको र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो । साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै आज मात्रै १२ जना सङ्क्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९२४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । हाल मुलुकभर एक लाख ५५ हजार ८६८ व्यक्ति विभिन्न क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना सङ्क्रमण फैलिएकोे छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ७ : ३२ बजे