२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा हजारौँद्धारा शान्तिपूर्ण प्रदर्शन


२२ जेष्ठ २०७७, बिहिबार  

0
Shares

अमेरिकाको बोस्टन राज्यको मेनेच्युसेटमा अफ्रिकी मुलको अमेरिकी जर्ज फ्लोयडको निधनको विरोधमा व्ल्ययाक लाइभले गरेको प्रर्दशनमा सहभागीहरु । प्रहरीको क्रुरताको अन्त्यको माग गर्दै आह्वान गरिएको प्रर्दशनमा अमेरिका र विश्वको अन्य भागमा समेत प्रर्दशन भइरहेको छ । तस्विर ः म्ययाडी मेयर\गेट्टी\एएफपि\रासस

२२ जेठ ०७७,(रासस÷एपी) ः हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।
एक हप्ता अगाडी भएको घटनापछि गत हप्ताभरी हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।

आन्दोलन हिंसात्मक हुदैगएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कफ्र्यु आदेश पनि जारी गर्नु गरेको थियो । कतिपय ठाउँमा कफ्र्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउदै लगेका थिए ।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् ।
तर बुधबार विहान भने देशभरी हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो ।

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : ३३ बजे