३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दक्षिण कोरियामा कोरोना उपचारका लागि रेमडेसिभर औषधिको प्रयोग


२२ जेष्ठ २०७७, बिहिबार  

0
Shares

स्केजः कोपिला दुलाल

सियोल, २१ जेठ (रासस–एएफपी) – दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ ।
संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ । त्यसलगत्तै जापानले पनि यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको छ ।
दक्षिण कोरियामा रेमडेसिभरका सम्बन्धमा भइरहेको अनुसन्धानले बिरामी निको हुने समयमा निकै कमी आएको देखाएको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यस औषधिको आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ । तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन ।
दक्षिण कोरियामा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ५९० जना संक्रमित भएका र २७३ जनाको मृत्यु भएको छ । अहिले पनि करिब ८०० जना बिरामी व्यक्तिहरु अस्पतालहरुमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : १३ बजे