४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विहीबार ३ सय ३४ जनामा कोराना भाइरस


२२ जेष्ठ २०७७, बिहिबार  

0
Shares

२२ जेठ ०७७, काठमाडौं । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । सोमध्ये ३१९ पुरुष र १५ महिला हुनुहुन्छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ६३४ पुगेको छ । जसमा दुई हजार ४५० पुरुष र १८४ जना महिला छन् । कोरोना सङ्क्रमित जिल्लाको सङ्ख्या भने ६५ पुगेको छ । त्यसैगरी कोरोना भाइरसलाई जितेर आज मात्रै १२ जना घर फर्किनुभएको छ ।  यससैँगै निको भएर घर फर्कनेको सङ्ख्या २९० पुगेको छ ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप एक जना व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । पाल्पाकै स्थानीय क्वारेन्टिनमा बस्नुुभएका उहाँ भारतबाट पाँच दिन अघि नेपाल आउनुभएको थियो । उहाँलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा यही जेठ २० गते निधन भएको थियो । मृत्युपछि उहाँको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । ज आएको हो ।

समा रिपोट पोजेटिभ

पछिल्लो २४ घण्टामा मुलुकभर पीसीआर विधिबाट तीन हजार ८६७ परीक्षण भएको छ भने आरडीटी विधिबाट पाँच हजार १८५ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा हालसम्म एक लाख ६१ हजार २६२ जना छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : १४ बजे