११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा हावा हुरीले भत्केका घरलाई क्षतिपूर्ति


२२ जेष्ठ २०७७, बिहिबार  

0
Shares


२२ जेठ ०७७, ललितपुर । दक्षिण ललितपुरको  महाङ्काल गाउँपालिकामा यही जेठ १३ गते आएको ठूलो हावाहुरीले पूर्णरुपमा क्षति भएका घरलाई रकम उपलब्ध गराइने निर्णय भएको छ । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, सुरक्षाकर्मीलगायतका केही स्थानीय र समाजसेवी मिलेर यही जेठ १५ गते गरेको क्षतिको अवलोकन र मूल्याङ्कनअनुसार उक्त निर्णय भएको हो ।
वडा नं ६ ठूलादुर्लुङमा आएको भीषण हावाहुरीले चार घर पूर्णरुपमा क्षति गराएको थियो । गाउँपालिकाको निर्णयअनुसार उक्त घरहरु पुनः निर्माणका लागि रु २० हजार दिने निर्णय भएको वडाध्यक्ष रामकृष्ण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आंशिकरुपमा क्षति भएका घरको पनि अध्ययन गरी रु पाँचदेखि १० हजार उपलब्ध गराउने भएका छाँै, यस दिन हावाहुरीले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) द्वारा निर्माण गरिएको ज्वालादेवी आधारभूत विद्यालयको छानो उडाएर ५०० मिटर पर पु¥याएको हुँदा सम्बन्धित व्यक्तिलाई जानकारीसमेत गराइसकेका छाँै ।”

सो दिन आएको हावाहुरीले ठूलादुर्लुङमा मात्र रु ४० लाख बराबरको वडामा उत्पादन भएको ९० प्रतिशत मकैबाली, महेन्द्र माध्यमिक विद्यालयको छानो, रु दुई लाख बाराबरका ४०० बोट केरा नष्ट गरेको र ३० तरकारीका टनेल पूर्णरुपमा क्षति भएका थिए ।

गाउँपालिकाले अन्न र फलफूलखेती नष्ट भएका किसानलाई तरकारी र फलफूल प्याकेज घोषणा भएपछि मात्र विचार गरेर राहत सहयोग गर्ने भएको छ । सो हावाहुरी विगत ३० वर्षयताकै व्यापक ठूलो आँधी रहेको यहाँका स्थानीयवासीको मत थियो ।

यसैगरी सो दिन वाग्मती गाउँपालिका वडा नं ७ गिम्दीमा पनि हावाहुरीले विध्वंश मच्चाएको थियो । गिम्दीको कटुवा, बेसी, मगरगाउँ, बाँजगाउँ, थुम्की, शुभानेलगायत क्षेत्रमा ५१ घरको छानो र ३५ गोठको छानो उडाएको, तीनवटा कुखुराको टहरा नष्ट भएका हुँदा गाउँपालिकाका साथै सङ्घ र प्रदेश सरकारलाई समेत सहयोगका लागि जानकारी गराएको वडाध्यक्ष नवराज सञ्जेलले बताउनुभयो । हावाले वडाभित्रको ७० देखि ८० प्रतिशत मकैबाली, एक परिवारको बाख्राको खोर, दुई बाख्रा, वडा नं ६ आस्राङका केही घर तथा तरकारी फार्मका संरचना पनि हावाहुरीले क्षति पु¥याएको थियो ।
सो हावाहुरीले महाङ्कालका वडा नं ३ गोटीखेल पारि वडा नं ४ कालेश्वर तथा वडा नं ६ ठूलादुर्लुङ र वाग्मतीका वडा नं ४ प्यूटार, वडा नं ५ इकुडोल, वडा नं ६ आस्राङका साथै वडा नं ७ गिम्दीमा पूर्णरुपमा विद्युतीय सेवा क्षति पु¥याएको थियो । टेलिकमको टावरबाहेक अन्य सेवा सञ्चालन गराइसकेको दक्षिण ललितपुर विद्युत् सहकारी संस्थाका अध्यक्ष गोविन्द बजगाईंले बताउनुभयो ।
लगनखेल बसपार्कबाट ठूलादुर्लुङ सबैभन्दा टाढा ७५ किलोमिटर र गिम्दी ७० किलोमिटर पर अवस्थित छ । कोञ्ज्योसोम, महाङ्काल र वाग्मतीमा रहेका १८ वडामध्ये ठूलादुर्लुङ विशेषगरी कफीको पकेट क्षेत्रका रुपमा चिनिन्छ । वाग्मतीका वडा नं १ घुसेल र वडा नं ५ इकुडोलबाहेकका अन्य पाँच वडाका भूभाग भने तातो रहेका छन् । भित्री मधेशमा उत्पादन हुने बाली यी वडामा उत्पादन हुने गर्छन् । ठूलादुर्लुङ र गिम्दीका ९९ प्रतिशत कच्ची घरमा जस्ताको छाना हालिएको स्थानीयवासी दीपक घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : २८ बजे