११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज २ दुई ७८ जना नयाँ सङ्क्रमित, कोरोनाबाट थप एकको मृत्यु,


२३ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


२३ जेठ ०७६, काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो ।

उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै आज कोभिड–१९ को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ । आज थप तीन जिल्लामा सङ्क्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । उहाँका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ७ : ५४ बजे