११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा कोरोनाबाट जोगिन हात धुने ठाँउ


२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

घरनजिकको राखिएको हात धुने स्थलमा एक महिला हात धुर्दै । तस्विर ः ललितपुर खबर

२६ जेठ ०७७, चापागाँउ । गोदावरी नगरपालिकाले नगरक्षेत्रभित्र सात स्थानमा हात धुने प्रविधि अर्थात् ‘ह्याण्ड लेस ह्याण्ड वास सिस्टम’ प्रयोगमा ल्याएको छ । वातावरण र जनस्वास्थ्य संस्था (इन्फो) को आर्थिक सहयोगमा मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि केही स्थानमा उक्त प्रविधि राखिएको नगरपालिकाले जनाएको छ । मानिसको आवतजावत बढी हुने स्थान (जस्तै प्रहरी कार्यालय, स्वास्थ्य चौकी, बजार क्षेत्र र घनाबस्ती) मा पटकपटक हात धुने पानी, साबुन र स्यानिटाइजरको व्यवस्था गरिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यसलाई नगरपालिकाको कार्यालय अगाडि, बज्रबाराही चापागाउँ अस्पतालभित्र, वडा नं ३ को कार्यालय परिसर, थेचोको बुद्ध पोखरी, चापागाउँ ट्याक्सी पार्क, लेलेको तिलेश्वर मन्दिरभित्र र बाँडेगाउँ प्रहरी चौकी आसपास क्षेत्रमा राखिदिएका छाँै ।” सोे प्रविधिमा जडान गरिएको ड्रमको क्षमता ५०० लिटर पानी अट्ने रहेको छ । खट्टाले थिचेपछि त्यसबाट आफैँ पानी झर्छ । यसलाई हातले खोलेर पानी निकाल्नु नपर्ने इन्फाका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कोरोनाको जोखिम घटाउन आफूले सकेको सहयोग गोदावरीवासीलाई पु¥याउन खोजेका हाँै ।” यसैगरी ललितपुरमा रहेको अर्काे महालक्ष्मी नगरपालिकालाई पनि पाँच थान सो प्रविधि सहयोग गर्ने अपेक्षाका साथ खरिद प्रक्रिया अघि बढाएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ८ : ४७ बजे