४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लकडाउनको विरोध गर्नेलाई पानीको फोहरा


२७ जेष्ठ २०७७, मंगलबार  

0
Shares

२७ जेठ ०७७, काठमाडौं । प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए ।  सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।

सरकारले यही जेठ ३२ सम्म लकडाउनको आदेश जारी गरे पनि त्यसको उल्लङ्घन गर्दै विभिन्न क्षेत्रमा पसल खोल्ने, सवारी सञ्चालन गर्ने र हिँडडुल गर्ने क्रम बढेको छ । आज प्रहरीले विभिन्न क्षेत्रमा पसल बन्द गर्न खोज्दासमेत अवरोध भएको जनाइएको छ । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने विषयमा छलफल जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ४ : ४७ बजे