११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा थपियो एम्बुलेन्स


२८ जेष्ठ २०७७, बुधबार  

0
Shares

गाँउपालिकाले खरिद गरेको नयाँ एम्बुलेन्स । तस्विर ः दिपक समिर

लपु संवाददाता
२८ जेठ ०७७, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले खरिद गरेको एम्बुलेन्स आईपुगेको छ ।
गाँउपालिकाका प्रेस संयोजक दिपक समिरका अनुसार कान्तिलोकपथको बाटो हुँदै मंगलबार गाँउपालिका कार्यालय आइ पुगेको हो ।
एम्बुलेन्स खरिदका लागि साडे एघार लाख खर्च भएको समिरले ललितपुर खबरलाई जानकारी दिनु भयो । उहाँले भन्नुभयो,‘४४ हजार इन्सुरेन्समा खर्च भयो । पेन्टिङ्ग गर्दा साडे एघारलाख पुग्छ ।’
एम्बुलेन्समा फोननम्बर लगायतको जानकारी पेन्ट गर्न बुधबार विहान पाटन ल्याइएको छ । एक दुई दिनमै एम्बुलेन्सले दक्षिण ललितपुर केन्द्रित भएर सेवा दिनेछ ।
एम्बुलेन्स गाँउपालिकाको मातहतमा संचालन हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : १७ बजे