४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लकडाउन खुकुलो ः गाडी चल्ने, पसल खुल्ने


२८ जेष्ठ २०७७, बुधबार  

0
Shares

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकमा सहभागीहरु । तस्विर ः रासस

२८ जेठ ०७७, काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि निरन्तर लगाउदै आएको लक डाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले राती अबेर यो खबर सार्वजनिक गरेको हो ।
मन्त्रीपरिषद्को निर्णय अनुसार सबै पसल व्यवसाय गर्न पाइनेछ । तर तोकिएको सुरक्षा मापदण्ड पुरा गने गर्नु पर्नेछ ।
साथै निजी सवारीसाधन जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर चल्न पाउनेछन् । तर सार्वजनिक यातयात, विद्यालय, सिनेमा हललगायत भीडभाड हुने स्थल भने अहिलेलाई बन्द हुनेछन् ।
मन्त्रीपरिषद्को निर्णय विहीबारबाट लागू हुने बताइएको छ ।

उनका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ११ : २६ बजे