३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोना भाइरसबाट एकैदिन २ सय ७९ को मृत्यु


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares

२८ जेठ ०७७(रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७४५ पुगेको छ ।

भारतमा अहिले पनि एक लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ ।कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा भने ३४ हजार ९१४ जना सङ्क्रमित रहेका छन् । मेडिकल रिसर्च परिषद्का अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार २१६ जनाको कोरोना परिक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३३२ जनाको कोरोना परिक्षण गरिएको छ ।
–––

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ५८ बजे