७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लकडाउन खुकुलो ः चेम्वरद्वारा स्वागत


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares


२९ जेठ ०७७, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरविजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्क्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानिय रहेको चेम्वर अफ कमर्सले विज्ञप्तिमार्फत जनाएको छ । सरकारको यी निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय माक्स र सेनिटाइजर उचित प्रयोग र सामाजिक दूरी कायम गर्दै जानुपर्ने विज्ञप्तीमा भनिएको छ ।

सरकारले उपत्यकालाई सिल गरेकामा यसलाई निरन्तरता दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । रातको समयमा उपत्यका बाहिरबाट व्यक्तिहरु उपत्यका भित्रिने गरेकामा त्यसलाई रोक्नुपर्ने बताइएको छ । सरकारले कर तिर्ने समयलाई बढाएर सहुलियत दिनेमा पनि संस्थाले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : १९ बजे