४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज नेपालको संविधान संशोधन हुने


३१ जेष्ठ २०७७, शनिबार  

0
Shares


३१ जेठ ०७७, काठमाडौं । आज बस्ने व्यवस्थापिका संसद अन्र्तगत प्रतिनिधि सभाले लिपुलेक कालीपानी र लिम्पियाधुरालगायतको भुभाग समेटेर सरकारले जारी गरेको नयाँ नक्सासम्बन्धी दोस्रो संशोधन विधेयक पारित गर्दै नेपालको संविधान संशोधन गर्दै छ ।
आज १ बजे बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफलका लागि पेश गर्नेछिन् । साथै छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै यो विधेयकलाई पारित गर्ने प्रस्ताव गर्नेछिन् ।
लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूभाग समेटेर सरकारले केही दिन अघि सार्वजनिक गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । यस विधेयकलाई सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।
तर उनी सासंद रहेको पार्टी समाजवादी पार्टीले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरी सकेको छ । गिरीले दर्ता गराएको संशोधन प्रस्ताव समाजवादी पार्टीले फिर्ता लिन निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत पार्टीले दिउको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : ३० बजे