३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दिल्लीमा प्रचण्ड गर्मी, तापक्रम ४२ डिग्री


३१ जेष्ठ २०७७, शनिबार  

0
Shares


३१ जेठ ०७७, नयाँदिल्ली । दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् ।
‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१।५ डिग्री सेल्सियस रहेको बताइएको छ ।
त्यस्तै पालाम र पुसास्थित मौसम विज्ञान केन्द्रहरूले दिल्लीको तापक्रम क्रमशः ४२ र ४२।५ डिग्री सेल्सियस रहेको बताएका छन् ।
दिल्लीको आद्रताकोस्तर ४३ र ८० प्रतिशतको बिचमा रहेको जनाइएको छ ।
दिल्लीमा शनिबार आंशिक बदली भई निम्नतम र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र ४१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान मौसम विभागले गरेको छ ।
भारतीय मौसम विभाग, क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कूलदीप श्रीवास्तवले दिल्ली र आसपासका षेत्रमा आगामी जुन १५ सम्म तातो हावाको लहरहरू बहने हुँदा आवश्यकताबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ९ : ३५ बजे