३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पाकिस्तानी पूर्व प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण


३२ जेष्ठ २०७७, आइतबार  

0
Shares

३२ जेठ ०७७, कराची । भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।
पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उहाँकै छोरा कासिम गिलानीले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको छ ।
पाकिस्तानी पूर्व प्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गर्नुभएको थियो ।
पूर्व प्रधानमन्त्री गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट सङ्क्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गर्नुभएको डनले समाचारमा उल्लेख गरेको छ ।
पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या शनिबारसम्म एक लाख ३४ हजार ६६७ पुगेको छ भने दुई हजार ५७४ कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाईका लागि बिहीबार उपस्थित गराइएको थियो । उक्त समय पूर्व प्रधानमन्त्रीले कैयौँ वकीलहरूमा सङ्क्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाईका लागि आफु प्रत्यक्ष हाजिर नहुनेगरी व्यवस्था गरिदिन आग्रह गर्नुभएको डनले लेखेको छ ।
पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौ उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : ०७ बजे