३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


‘भारत कोरोना विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा’


३२ जेष्ठ २०७७, आइतबार  

0
Shares


३१ जेठ ०७७ (रासस÷एएनआई) ः भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताउनुभएको छ । उहाँले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताउनुभएको हो ।
भारतमा शुक्रबार सबैभन्दा बढी कोरोना संक्रमित भेटिएसँगै आफ्नो ट्वीटर अकाउन्टमा यस्तो प्रतिक्रिया दिनुभएको हो । भारतमा शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घन्टाको अवधिमा मात्र ११ हजार ४५८ जना संक्रमित भेटिएका छन् । यो नै भारतमा २४ घन्टाको अवधिमा सबैभन्दा बढी संक्रमित भेटिएको घटना हो ।
एक दिनमा भएका संक्रमितका यो संख्या सार्वजनिक भएसँगै काँग्रेसका नेता गान्धीले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने बाटो नलिएको र यो उसको उल्टो दौड भएको बताउनुभएको हो ।
उहाँले यसअघि पनि सरकारको आलोचना गर्दै आउनुभएको छ । उहाँले हाल सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी पनि गर्नुभएको थियो ।

भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप उहाँको थियो । उहाँले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप सरकारमाथि लगाउनुभयो ।
उहाँले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन १० हजारभन्दा बढी नै संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न सक्ने गरी काम नगरेको र सरकार असफल भएको बताउनुभयो ।
उहाँले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राख्नुभयो ।
उहाँले यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाउनुभएको छ । भारतमा शनिबार बिहानसम्म ३ लाख ८ हजार ९९३ जना संक्रमित भएका छन् । यस महामारीबाट यहाँ ८ हजार ८८४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : ३२ बजे