लपु संवाददाता
३२ जेठ ०७७, ललितपुर । वागमती गाँउपालिकाले भट्टेडाँडा आसपास गाँउपालिका क्षेत्रमा मनोमानी ढंगले सञ्चालित वासिङ्ग सेन्टर खोज्न शुरु गरेको छ । केही दिन अघि सूचना प्रकाशित गरेर अनुगमनको क्रममा अबैध रुपमा वासिङ्ग सेन्टरहरु सञ्चालनमा आएको र ती वासिङ्ग सेन्टरलाई जरिवाना सहित कानूनी कारवाही गर्ने बताइएको छ ।
शासनिक अधिकृत युवराज आचार्यद्वारा हस्ताक्षरित सूचनामा गाँउपालिकाले नागरिक स्तरबाट कही कतै वासिङ्ग सेन्टर देखेमा जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया