३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चीनको बेइजिङमा भेटिए अकस्मात नयाँ कोरोना सङ्क्रमित


१ असार २०७७, सोमबार  

0
Shares

चीनको राजधानी बेइजिमा एक प्रेस सम्मेलनम्ँ सहभागीहरु । तस्विर ः सन्ह्वा

३२ जेठ ०७७ बेइजिङ (रासस(पिटिआई) ः चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् ।
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाई छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना सङ्क्रमणको पुर्वअवस्थामा रहेका छन् ।

सङ्क्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर सङ्क्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

आन्तरिक रुपमा सरेर सङ्क्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् ।

पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना सङ्क्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ३४ बजे