७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लकडाउनले बलियो बन्यो ‘खल्ती’


२ असार २०७७, मंगलबार  

0
Shares


२ असार ०७७, काठमाडौं । लकडाउनको अप्ठ्यारो परिस्थितीकाबीच डिजिटल भुक्तानी सेवा ‘खल्ती’ मोबाइल एपमा १० लाख एन्ड्रोइड मोबाइल प्रयोगकर्ता थपिएसँगै खल्ती भुक्तानी सेवा बलियो बनेको छ । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये ‘मिलियन क्लब’मा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन वर्षमै हासिल गरेको हो ।
प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ । आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै एक लाख पटक एप्पल डिभाइसमा डाउनलोड भएको छ । मोबाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको सङ्ख्या १३ लाख नाघेको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत वर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । विशुद्ध नेपाली नामलाई ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामीण भेगसम्म लोकप्रिय बन्न पुगेको छ ।

मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, चलचित्रको टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’ को प्रयोग गरिरहेका छन् । खल्तीका निर्देशक अमित अग्रवालले छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा उत्साहित भएको बताउनुभयो । ‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसङ्ख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ४८ बजे