११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बज्रवाराही चापागाँउ अस्पताल प्रदेशस्तरिय अस्पताल


२ असार २०७७, मंगलबार  

0
Shares

चापागाँउ बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पताल । तस्विर ः ललितपुर खबर

२ असार ०७७, हेटौडा । ललितपुरको केन्द्र चापागाँउको बज्रवाराही चापागाँउ अस्पताललाई प्रदेशस्तरिय अस्पतालको रुपमा स्तरोन्नती गर्ने घोषणा गरिएको छ । वागमती प्रदेश सरकारले सोमबार वजेट वतव्यमार्फत प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले यो अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकाश गर्ने कार्ययोजना ल्याउनु भएको हो ।
सरकारले केही समय अधि जिल्ला अस्पतालको रुपमा स्थापना गरिएको बज्रवाराही अस्पताललाई साविक चापागाँउ सामुदायिक अस्तालसँग गाभेर चापागाँउ बज्रवाराही अस्पताल बनाएको थियो ।
बजेट मार्फत प्रदेश अस्पताल घोषणा भएपछि सासंद चेतनाथ सञ्जेलले खुशी व्यक्त गर्दै भन्नुभयो,‘ जिल्ला अस्पतालको रुपमा विकाश गर्न हामीले लामो समय पहल गरिरहेका थियो । अहिले प्रदेश अस्पताको रुपमा विकाश हुँदा खुशी लागेको छ ।’
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो वर्षभन्दा झण्डै रु चार अर्ब बढी बजेट प्रस्तुत गर्नुभयो । प्रदेशले अघिल्लो वर्ष रु ४७ अर्ब ६० करोड बजेट प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ०९ बजे