३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतको दिल्लीमा लकडाउन नबढ्ने


२ असार २०७७, मंगलबार  

0
Shares

२ असार ०७७, नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ ।
दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफु नरहेको सोमबार बताउनुभएको हो ।
“आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरी लकडाउन लम्याउने मेरो योजना छैन,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।
यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा पनि यही बारेमा छलफल भएको थियो ।
केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी (आप)का सांसद संजय सिंह पनि सहभागी हुनुभएको थियो । बैठकमा विरामीहरुका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो ।

भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय काँग्रेस, आम आद्मी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए ।
बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोनाभाइरसको सङ्क्रमणलाई कसरी न्युनिकरण गर्ने, अभाव वा समस्याहरु के के छन् भन्ने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : २० बजे