११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडा विद्यालयमा सिसी क्यामेरा


३ असार २०७७, बुधबार  

0
Shares

जडान गरिएको सिसि क्यामेरा ।

३ असार ०७७, भट्टेडाँडा । दक्षिण ललितपुरको विकट गाँउ भट्टेडाँडास्थित भट्टेडाँडा आधारभूत विद्यालयमा सिसी क्यामेरा जडान गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक समिरका अनुसार गाँउपालिकाले प्रविधि मैत्री शिक्षा शिर्षकमा भट्टेडाँडा प्राविमा सिसि क्यामेरा जडान गर्न रु ७० हजार बजेट उपलव्ध भएको थियो । यही बजेटबाट इन्टरनेट जडान सहित सिसि क्यामेरा जडान समेत भएको उहाँको भनाई छ ।
गतवर्ष वडा नं २ माल्टामा रहेको कालीदेवी माध्यमिक विद्यालयमा एउटा क्यामेरा जडान गरिएको थियो । वागमती गाँउपालिकामा ४७ वटा विद्यालय रहेकोमा१० माध्यमिक तहका विद्यालयमा पनि क्यामेरा जडान भइसकेको अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।
‘अर्को वर्ष सबै कक्षा कोठामा विस्तार गर्न सक्ने किसिमबाट यस वर्ष सिसि क्यामेरा फिट गरेका छौं ।’ उहाँले भन्नु भयो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : २० बजे