३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकाले ‘कोरोना भाइरस’ विरुद्धको लडाइँमा भारतलाइ सघाउने


४ असार २०७७, बिहिबार  

0
Shares


३ असार ०७७ ९रासस÷एएनआई० ः संयुक्त राज्य अमेरिकाले कोभिड १९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ । अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन् । त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो ।

अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ । यसैसहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ । यो सहयोगको पहिलो चरण बुधबार भारत पुगेको बताइएको हो ।

यी भेन्टिलेटरले भारतका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विरामीको ज्यान बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता मोगन अर्टगसले ट्वीट गरेर सो कुराको जानकारी दिुनभएको प्राप्च समाचारमा जनाइएको छ ।

भारतका लागि अमेरिकी राजदूत केनिथ जस्टरले बुधबार युएसएआइडीका तर्फबाट भारतीय रेडक्रम सोसाइटीलाइ बुधबार ती भेन्टिलेटरहरु उपलब्ध गराउनुभएको हो । अमेरिकाले भारतलाई औषधीय सामग्रीहरु उपलब्ध गराउने बताएको छ । सोहीबमोजिम अमेरिकाले यो पहिलो चरणमा १०० वटा भेन्टिलेटर पठाएको बताइएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ८ : ५१ बजे