११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बर्षाले दक्षिण ललितपुरका सडक तीन दिनदेखि अवरुद्ध


४ असार २०७७, बिहिबार  

0
Shares

४ असार ०७७, ललितपुर । दैनिक भैरहेको वर्षाले यहाँको वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकामा समस्या पारेको छ । वाग्मती प्रवेश गर्ने सडक तीन दिनदेखि अवरुद्ध हुनपुगेको छ ।

यहाँका किसानले उत्पादन गरेका दूध र तरकारी घरघर र खेतबारी रहेको वडा नं ५ इकुडोलका वडाध्यक्ष साजनदर्लामी मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोको अविरल वर्षाले पहिरो गई यसै वडाको सानोचिल्ला भन्ने स्थानका केशव तिमल्सिनाको घर पहिरोले पुरिएको छ । पहिराले घर पुरिँदा दुई मानिस भाग्न सफल भइ सकुशल छन् ।” सो वडाको बेसरी बस्तीका २० घरपरिवार जोखिममा परेको जनाइएको छ । उहाँले भन्नुभयो, “यस वडाबाट हप्ताको तीन ट्रक तरकारी र दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन भएर बजार जाने गथ्र्यो, सो अहिले त्यसै रहन बाध्य छ ।”

महाँकाल गाउँपालिका वडा नं ३ गोटिखेलका दुई घर र वडा नं ४ कालेश्वरको एक गरी तीन घर जोखिममा परेको निवेदन गाउँपालिकामा आएको अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका बढीजसो सडक पहिरोले अवरुद्ध हुँदा बजार आउनुपर्ने सम्पूर्ण सामग्री त्यसै रहन बाध्य भएका छन् ।”

कोञ्ज्योसोमको वडा नं २ शङ्खु र वडा नं ३ दलचोकीमा वर्षाले समस्या पारिरहेको गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “शङ्खु कृषि र पशुपालनको पकेट क्षेत्र रहँदा दैनिक यहाँबाट बजार जाने रु सात लाख बराबरको दूध र तीन गाडी तरकारीलाई किसान त्यसै घरमा राख्न बाध्य भएका छन् ।”

यसैगरी गत जेठ १३ गते आएको ठूलो हावाहुरीले महाँकाल र वाग्मतीमा क्षति पु¥याएको थियो । महाँकालको वडा नं ६ ठूलादुलुङमा मात्र ९० प्रतिशत रु ४० लाख बराबरको अन्न र मकैबाली, रु दुई लाख बराबराको केराखेती र ३० तरकारीका टनेल पूर्णरूपमा नोक्सान भएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी गराउनुभएको थियो । वाग्मतीको वडा नं ७ गिम्दीमा पनि हावाहुरीले क्षति पु¥याउँदा ७० प्रतिशत मकैबाली नष्ट भएको थियो । वाग्मतीमै फौजी किराको प्रकोपले वडा नं १ घुसेल, २ माल्टा, ४ प्युटार र ६ आश्राङको मकैबालीमा असर पारेको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ४७ बजे