११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि


४ असार २०७७, बिहिबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

४ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा
काठमाडौं उपत्यकामा ६ जना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८० महिला र ५९१ पुरुष गरी ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार ८४८ पुगेको छ । तीमध्ये ६१९ महिला र सात हजार २२९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १८६ पुगेको छ । तीमध्ये ११४ महिला र एक हजार ७२ पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।
थप दुई जनाको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट गएको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ कैलालीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा असार ३ गते सेती प्रादेशिक अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएको उहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो । लगतै उहाँलाई प्रादेशिक अस्पतालमा सारिएको थियो । अस्पताल मै उहाँको निधन भएको हो ।

त्यस्तै लम्की चुहा नगरपालिका–२ कैलालीकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । टाउँकोमा लागेको चोटका कारण गत जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा भर्ना गरिएको ती महिलाको शल्यक्रिया गर्नुअघि यही असार २ गते पीसीआर टेष्ट गर्न स्वाब सङ्कलन गरिएको थियो । असार ३ गते उपचारत उहाँको अस्पतालमै निधन भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या २२ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ५२ बजे