५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सञ्चार गृहले पत्रकार हटाइए कडा आन्दोलन


५ असार २०७७, शुक्रबार  

0
Shares


५ असार ०७७, काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विभिन्न सञ्चारमाध्यममा कोभिड–१९ को जोखिममा क्रियाशील श्रमजीवी पत्रकारलाई सेवाबाट हटाइएमा कडा आन्दोलन गर्ने बताउनुभएको छ ।
आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले पछिल्लो समय विभिन्न सञ्चारगृहले पत्रकारलाई तलब नदिने तथा सेवाबाट हटाउन तयारी गरेकाले त्यसो नगर्न विभिन्न सञ्चारगृहका सञ्चालकलाई आग्रह गर्दै अहिलेको कठिन अवस्थामा पत्रकारलाई सेवाबाट हटाएमा सञ्चारगृह बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।
महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले समाचार सङ्कलन तथा प्रवाहमा अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई अहिले थप सुविधा तथा अन्य सुरक्षा मापदण्डको खाँचो औँल्याउँदै बजेटमा स–साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई विशेष व्यवस्था गर्न नसकिएकाले सरकारले सहुलियत कर्जा उपलब्ध गराउन माग गर्नुभयो ।
काठमाडौँ शाखाका अध्यक्ष बिडारीले महासङ्घका केन्द्रीय अध्यक्ष आचार्यलाई किटनाशक औषधि छर्कने यन्त्र उपहारस्वरुप प्रदान गर्नुभयो । सो अवसरमा शाखाका उपाध्यक्ष सूर्य सुवेदी, सचिव मोहन पन्त, केन्द्रीय पार्षद कृष्ण लेकाली, सहसचिव अमिर लामालगायत सहभागी हुनुहुन्थ्यो । वाङ्ला पब्लिक सेफ्टी ट्रेडिङ सेन्टरका सञ्चालक भरत आचार्यले गत सोमबार काठमाडौँ शाखालाई करिब रु २५ हजार मूल्यको किटनाशक औषधि छर्कने दुई यन्त्रका साथै केही औषधि प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ०४ बजे