२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष पूरा हुनुपर्ने


६ असार २०७७, शनिबार  

0
Shares

बैठकपछि पत्रकारहरुसँगबोल्दैपार्टिप्रवक्त नारायणकाजी ।ेश्रष्ठ तस्विर ः रासस

६ असार ०७७,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको छ ।
लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसकेका स्थितिमा नेकपाले आफ्नो धारणा स्पष्ट गरेको हो । समितिमा उक्त प्रावधान राख्न प्रस्ताव आएकामा विपक्षी दलले त्यति लामो अवधि राख्न नहुने बताउँदै आएका छन् । नेकपाको बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यस्तो नागरिकता प्राप्त गर्न ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने पनि निर्णय गरिएको बताउनुभयो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।