४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


संसारभर कोरोना भाइरसबाट ४ लाख ७० हजारको मृत्यु


९ असार २०७७, मंगलबार  

0
Shares


८ असार ०७७, जेनेभा (रासस÷एएफपी) ः कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९० लाख ५१ हजार ९४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४८ लाख ४२ हजार ४३ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ३९ हजार ८४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ५६ण् हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार २४८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १७ लाख ७९ हजार ८७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७१ हजार ५२४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ३५ हजार ५९५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५५ हजार २० जनाको मृत्यु भएको छ ।
युरोपमा २३ लाख १० हजार ९६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ६२६ को मृत्यु भएको छ । एसियामा १९ लाख ६ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४८ हजार ३६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९ हजार ३०१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार १४८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ३१ बजे