९ असार ०७७, काठमाडौं । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४०० ले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य रु ९० हजार ६०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी रु ९४० मा खरिदबिक्री भइरहेको छ । बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।
९ असार २०७७, मंगलबार
0
Shares
प्रतिक्रिया