११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुर अवस्थित वागमतीको बजेट ४२ करोड


९ असार २०७७, मंगलबार  

0
Shares

गाँउसभामा सहभागी अध्यक्ष विरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, वडाध्यक्ष विष्णु तिमल्सिनालगायत । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
९ असार ०७७,ललितपुर । ललितपुर,बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम र उपाध्यक्ष रन्जना घिमिरे ले ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गरेकी छिन् ।
बागमती गाउँपालिकाको पाँचौं गाउँ सभामा लामाले प्रस्तावित शीर्षक बजेट, योजना तथा कार्यक्रम पेश गरिएको हो । संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत बाट जम्मा हुनेगरी अनुमानित आय प्रक्षेपण गरी लामाले ४१ करोड २ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । जसमा अनुमानित पूँजीगत खर्चतर्फ ३५ करोड २४ लाख २८ हजार र अनुमानित चालु खर्चतर्फ पाँच करोड ७८ लाख रहेको छ ।
बागमती गाउँपालिकालाई कृषि र पर्यटनको हिसावले चिनाउने उद्देश्यले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट ल्याइएको गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले जानकारी दिए।

गाँउसभामा सहभागीहरु । तस्विर ः ललितपुर खबर

त्यसमध्ये संघीय सरकारको वित्तीय अनुदानबाट ७ करोड ६ लाख, संघीय सरकारको राजस्व बाँडफाँड बाट ५ करोड १३ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँड १ करोड ४४ लाख, प्रदेश वित्तीय समानीकरण बाट ८९ लाख प्राप्त हुनेछ ।
रजिष्ट्रेशन दस्तुरबाट ५० लाख, आन्तरिक स्रोत (ढुंगा गिटी बालुवा) बाट २ करोड २६ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त हुने मौज्दात कोषको रकम ४ करोड प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकार र प्रदेश सरकारबाट सशर्त प्राप्त हुने १८ करोड १५ लाख ३८ हजार तथा आर्थिक वर्ष २०७५र०७६ बाट बाँकी हुन आउने रकम ८९ लाख यो आर्थिक वर्षमा जम्मा हुने प्रक्षेपण गरिएको छ ।
अघिल्लो वर्ष बजेट प्रस्तुत गर्दा गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएपनि अहिले कृषि र पर्यटन दुवैलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले अघिल्लो वर्षकै कार्यक्रम अन्तर्गत जनतासँग अध्यक्ष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले स्थानीयस्तरमा विकास निर्माण, कृषि, शिक्षा लगायत क्षेत्रमा कलम चलाउने स्थानीय पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले उपाध्यक्ष महिला सशक्तिकरण, एकल पुरुष भत्ता, जनजाति उत्थान कार्यक्रम लाई प्राथमिकता दिएको छ । यसवर्ष जग्गा खरिद गरेको गाउँपालिकाले आगामी वर्षमा भवन निर्माणलाई बजेट छुट्याएको छ । पर्यटन विकास कार्यक्रम अन्तर्गत राडर क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अघि बढाउने गरी बजेट छुट्याएको छ ।
गाउँपालिकाले माझखण्डको रुद्रेश्वर महादेव मन्दिर निर्माण गर्न बजेटलाई प्राथमिकतामा राखेको छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि विद्यालय सुधार कार्यक्रम अघि सारेको छ । खेलकुद विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता गर्न बजेट छुट्याएको छ । यसका साथै गाउँपालिकाले सडक निर्माण गर्न, बाँकी रहेका वडा र गाउँका लागि सडक निर्माण तथा स्तरउन्नती गर्न पनि बजेट छुट्याएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ३७ बजे