११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मी नगरका कृषकलाई राहत कोष


९ असार २०७७, मंगलबार  

0
Shares

आठौं नगरसभामा सहभागीहरु । तस्विर ः ललितपुर खबर

९ असार ०७७, इमाडोल ललितपुर । “स्वच्छ, सफा, समृद्ध, सुन्दर –महालक्ष्मी नगर” भन्ने मूल नाराका साथ ललितपुरको महालक्ष्मी नगरपालिकाले कृषक राहत कोष स्थापना गर्ने भएको छ । सोमबारदेखि चलिरहेको तीनदिने आठाँै नगरसभामा नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले आउँदो आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादनको हानिनोक्सानीमा राहत तथा क्षतिपूर्तिका लागि कोष स्थापना गरिने जानकारी दिनुभयो । नगरपालिकाले प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन, वडा नं १० मा बाख्रापालन र वडा ७, ८ र ९ लाई गाईपालन पकेट क्षेत्रका रुपमा विकास गर्ने जनाइएको छ ।
महालक्ष्मीले “बाँझो जमीन नछाडौँ, कृषि उत्पादन बढाऔँ, कम्तीमा तरकारीमा आत्मनिभर बनाँँँँँँँँँँँँै” भन्ने नाराका साथ खेती गर्ने व्यवस्था मिलाउने तथा माध्यमिक तहका विद्यार्थीलाई प्रयोगात्मक रुपमा संलग्न गराई कृषि क्षेत्रलाई कृषि शिक्षालयका रुपमा विकास गरी नगरपालिकाभित्र पुष्पखेती प्रवद्र्धनमा उच्च प्राथमिकता दिने भएको छ ।
महालक्ष्मीले यहाँ उत्पादन हुने ढाका, सुकुल, माटाको भाँडाकुँडा, हस्तकलाका घरेलु उद्योगहरुलाई व्यवस्थित र प्रोत्साहन गर्न नगर लघु उद्यम ग्राम स्थापना गर्नाका साथै व्यवसाय सञ्चालन गर्दा लाग्ने वार्षिक करमा २५ प्रतिशत छुटको व्यवस्था पनि गरिदिने भएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ०९ बजे