११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको रथ निर्माण शुरु


१० असार २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

लपु संवाददाता
१० असार ०७७, ललितपुर । लक डाउन खुकुलो भएसँगै ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ मंगलबारबाट निर्माण शुरु गरिएको छ । मंगलबारबाट काठ तयार शुरु गरिएको रथ निमार्णमा संलग्न एक कालिगढले ललितपुर खबरलाई जानकारी दिए । बुधबार विहान रथका चक्का पुल्चोक लगिएसँगै यो बर्षको रथ यात्राको प्रकृया शुरु भएका हो ।
गतचैत्र २७ गते रथ तान्ने साइत रहेको भए पनि कोरोना माहामारीपछि सरकारले लकडाउन गरेपछि रथ तान्न सम्भव भएन । रथ तान्ने कार्यक्रम स्थिगितका लागि पुजारीहरुले क्षमा पूजा गरिएको थियो ।
रथ निर्माण गरे पनि संक्रमणको जोखिम आकलनपछि प्रशासनको निगरानीमा रथ यात्रा हुनसक्ने एक पुजारीले बताए ।
उनले भने,‘विभिन्न विकल्पमा छलफल भइरहेको छ । रथ निर्माणपछि डोजर लगाएर तान्ने कि भन्ने विचार समेत आएको छ । समय आएपछि आवश्यक निर्णय हुन्छ ।’
रथयात्रा हुन नसकेपछि बैदिक विधि पु¥याउनका लागि रथ निर्माण शुरु भएको बताइएको छ ।
साथै मंगलबजारमा मीननाथको रथ समेत निर्माण भइरहेको छ ।
साइतमा मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रवहालस्थित पार्टीमा स्थानान्तरण गरेर पुर्व फर्काएर राखिएको थियो । मन्दिरमा उत्तर फर्काएर राखिएको मूर्ति रथारोहणको साइतमा पुर्वतर्फ फर्काएर राख्नै पर्ने चलन रहेको एक गुठियारले बताए ।
सहकालका देवताका रुपमा पुजिने मच्छिन्द्रनाथको रथ यात्रा उपत्यकाकै लामो रथयात्राका रुपमा परिचित छ । ललितपुरको पुलचोकबाट शुरु हुने रथयात्रा गावाहाल,मंगलबजार दरवारपरिसर हुँदै सुन्धारा,लगनखेल इटिटोल पु¥याएर नरिवल खसालिन्छ । केही समयको विश्राम र साइत हेरेर मंगलबजार मानभवन हुँदै जावलाखेल लगेर भोटो देखाउने चलन छ ।
महानगरपालिका र मच्छिन्द्रनाथ व्यस्थापन गुठीले रथ निर्माण गर्ने निर्णय अनुसार काम भटाभट भइरहेको हो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : २५ बजे