५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाको स्थायी कमिटी बैठक शुरु


१० असार २०७७, बुधबार  

0
Shares


१० असार ०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । कोरोना महामारी र विभिन्न कारणवश स्थगन हुँदै आएको सो बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य र अन्य कार्यसूची तय गरिएको छ ।
नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार सरकारको काम (कोभिड रोकथाम र उपचार तथा नेपालको सीमा समस्या समाधान र अन्य), पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ । एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ३८ बजे