११ जेठ ०७७, काठमाडौं । राजधानी काठमाडौं फूलहरुको पनि राजधानी हो । यहाँका काँठ क्षेत्रमा दर्जनौं प्रजातीका रैथाने फूल फुल्छन् ।
सिजनमा त छँदैछ । पछिल्ला वर्षहरुमा बेमौसमी फूलको व्यवस्थित खेती नै हुने गरेको छ । काठमाडौंको इचगु, ललितपुरको गोदमचौर,भक्तपुरको गुण्डुका किसान फूल खेतीतर्फ आर्कषित छन् ।
मन्दिरैमन्दिरको शहर काठमाडौंमा बाह्रै महिना फूलको माग छ । यहाँका धेरै फूलहरु पुजा गर्ने प्रयोजनका लागि प्रयोग हुन्छ । कतिपय फूल सझावटका लागि बिक्रि हुने किसान बताउछन् । राजधानी काठमाडौंको इचंगुमा आजकल नर्सरी फुले झैं विकाशे फूल ढकमक्क फुलेको छन् । हेरौं केही दृश्यहरु ः
प्रतिक्रिया