११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको गोटिखेल बजारलाई नमूना बनाइने


११ असार २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

११ असार ०७७, ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको केन्दको रुपमा रहेको गोटिखेल बजारलाई नमूना बजारको रुपमा विकाश गर्ने कार्ययोजना ल्याएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा अनुमानित आय तथा व्यय सार्वजनिक गर्दै गाँउपालिकाकी उपध्यक्ष कमला तामाङ्गले प्रस्तुत गरेकी बजेटमा दर्जनौं योजना सार्वजनिक गरिएको छ ।
“कृषि र पशु स्वरोजगारको आधार, स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार” भन्ने मूल नाराका साथ गाउँपालिकाका उपाध्यक्ष कमला तामाङले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं ३ सिसवनमा लौठ सल्लो पकेट क्षेत्र बनाई कृषकको आयस्तरमा वृद्धि गरिने, कृषकबाट उत्पादित वस्तुको भण्डारणका लागि गोटीखेलमा चिस्यान केन्द्रको स्थापना, कृृषिजन्य वस्तु उत्पादन हुने क्षेत्रबाट उत्पादित वस्तु ढुवानी र व्यवस्थापनका लागि कृषि सडक निर्माण, गोटिखेल बजारलाई नमूना बजारका रुपमा विकसित गर्नाका साथै हरेक वडालाई धुवाँमुक्त बनाउन सुधारिएको तथा विद्युतीय चुल्होका साथै सौर्य ऊर्जाको प्रयोगमा जोड गरिने घोषणा गर्नुभयो ।
“सफा घर, बस्ती र पालिका” अभियान सञ्चालन गरी लालीगुराँसको पकेट क्षेत्रका रुपमा लक्ष्यबासदेखि ठोस्नेखोलासम्मलाई विकास गरी पर्यटकको आकर्षक गन्तव्यस्थल बनाइने, लौठसल्लो प्रशोधन र प्याकेजिङ उद्योग, जडीबुटी खेती र प्रशोधन केन्द्र, सुगन्धित तेल उत्पादन र बिक्रीवितरणका लागि महाङ्कालले सम्भाव्यता अध्ययन पनि गर्ने जनाइएको छ । महाङ्कालले पशुपालन व्यवसाय प्रोत्साहनका लागि गोठ सुधार कार्यक्रम, बाख्रापालन व्यवसाय प्रवद्र्धन, कृषकको आयस्तर बढाउन बोयर जातको बोका खरीद तथा वितरण, खोर निर्माणमा अनुदान, स्थानीय जातका कुखुरा उत्पादन, गोठ सुधार कार्यक्रम र माछापालन व्यवसायलाई सामुदायिक रुपमा सञ्चालन गर्ने भएको छ ।
च्याउ, चिया र कफी जस्ता नगदे तथा बेमौसमी तरकारीखेती, अन्नबाली, फलफूल, अदुवा, अम्रिसो जस्ता व्यावसायिक खेतीलाई प्रवद्र्धन गरी आधुनिक कृषि प्रणाली एवं व्यावसायीकरणमा जोड दिइने कार्यक्रममा तामाङले बताउनुभयो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ९ : ३५ बजे