११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लकडाउनमै गरियो गोदावरीमा सरसफाइ


१३ असार २०७७, शनिबार  

0
Shares


१३ असार ०७७, गोदावरी । सामाजिक दूरी कायम गरी गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले यहाँका विभिन्न स्थानमा सरसफाइ गरेको छ । अभियानले आज गोदावरीखोला आसपासका क्षेत्र, कुलो, मठमन्दिर, पाटी आदिको सरसफाइ गरी ६९ हप्ताको कार्यक्रम सम्पन्न गरेको हो ।
वडा नं १ दमाईँटार, ३ नं टौखेल र १४ नं ठैव क्षेत्रमा सरसफाइ गरिएको अभियानका संयोजक बेबी भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोदावरीमा बाक्लो जनसङ्ख्या र घना बस्ती भएका कारण कुहिने फोहर गाडौँ र नकुहिने फोहर व्यवस्थापन गरौँ भन्ने सन्देश हामीले प्रवाह गर्ने गरेका छाँै ।”
गोदावरीको वातावरण सदैव प्रदूषरहित, हरभरा, स्वच्छ, सफा र सुन्दर बनाउने सो अभियानको लक्ष्य रहेको भण्डारीले बताउनुभयो । गोदावरीमा पहिलो पटक सो अभियानको थालनी २०७५ साल फागुन २६ गतेदेखि शुरु भएको थियो ।
अभियानले गोदावरीका ११ स्थानमा हालसम्म सभ्य नागरिकको परिचय दिऔँ, ऐतिहासिक महत्व बोकेको गोदावरी खोलाको संरक्षण गरौँ, कुहिने र नकुहिने फोहर एकै स्थानमा नराखौँ र सार्वजनिक स्थानमा जथाभावी फोहर नफाकौँ आदि सन्देश बोकेका जनचेतनामूलक सूचनापाटी राखिसकेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ३६ बजे