२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कोरोनाबाट अर्को संक्रमितको मृत्यु


१५ असार २०७७, सोमबार  

0
Shares

१५ असार ०७७, ललितपुर । ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृत्यु भएको थियो ।” ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताउनुभयो ।
ती व्यक्तिले काठमाडौँ आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ । उनको उपचारमा खटिने र परिवारका सदस्य गरी आठदेखि नौजनालाई हाल आइसोलेशनमा राखिएको उहाँले बताउनुभयो । यसअघि ललितपुरमा कोरोनाका कारण अन्य दुई पुरुषको पनि मृत्यु भइसकेको छ । आजसम्म ललितपुरका नौ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्ने छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।