५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाको बैठक सोमबारसम्मका लागि स्थगित


२० असार २०७७, शनिबार  

0
Shares

प्रधानमन्त्रीनिवास बालुवाटरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा सहभागी हुँदै समिति सदस्यहरु । तस्वीर ः चन्द्रकला क्षेत्री\रासस

२० असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास वबालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते (आगामी सोमबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो । नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।
बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसक्नु भएको छ ।
(((

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ११ : २१ बजे