५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज २ सय ९३ सङ्क्रमित थपिए, १ सय ३२ डिस्चार्ज


२१ असार २०७७, आइतबार  

0
Shares


२१ असार ०७७, काठमाडौं । कोभिड– १९ को सङ्क्रमण आज २९३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।
आज देखिएका सङ्क्रमणसँगै सङ्क्रमित सङ्ख्या १५ हजार ७८४ जना रहेको छन् । उहाँका अनुसार आज १३२ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार ५४७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४१.५ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् ।
आज चार हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । नौ हजार २०३ जना सङ्क्रमित आइसोलेशनमा रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ४८ बजे