७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक(विस्तृत विवरण सहित)


२ श्रावण २०७७, शुक्रबार  

0
Shares


२ साउन ०७७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताएका छन् ।
सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।
बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए । उनले अहिले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।

पूर्ण विवरण :

 

https://archive.nrb.org.np/ofg/monetary_policy/Monetary_Policy_(in_Nepali)–2077-78_(Full_Text)-new.pdf

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ३८ बजे