५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज देशभर १ सय ५६मा कोरोना संक्रमण


४ श्रावण २०७७, आइतबार  

0
Shares


४ साउन ०७७,काठमाडौं । आज नेपाल अधिराज्यभर १ सय ५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७ सय ४१ जनामा परीक्षण गर्दा १ सय ५६ जनामा सङ्क्रमण देखिएको बताए ।
आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । नयाँ देखिएका सङ्क्रमित सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०÷१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ छ÷छ जना, बाँके र दाङमा पाँच÷पाँच जना रहेका छन् । ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई÷दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक÷एक जना सङ्क्रमित रहेका छन् ।
उनका अनुसार आज कोभिड– १९ जितेर घर फर्कनेको सङ्ख्या ५८ जना रहेको छ । योसँगै ११ हजार ६ सय ९५ जना सङ्क्रमण जितेर घर फर्किएका छन् । यो ६६.२४ प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आठ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।
यसैगरी नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्कादेशभन्दा पिसिआर परीक्षण धेरै गरेको छ । नेपालले प्रति १० लाखमा १० हजार ८ सय २७ जनाको पिसिआर परीक्षण गरेको छ । अहिलेसम्म नेपालमा प्रति १० लाखमा १.४ प्रतिशत मात्र मृत्युदर रहेको छ । नेपालमा हालसम्म ४० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ०५ बजे