१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एक हजारको नयाँ नोट, नयाँ हात्तीको तस्विर छापिने


६ श्रावण २०७७, मंगलबार  

0
Shares


६ साउन ०७७, काठमाडौं । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन हुने जानकारी दिएको हो । नोटमा साबिकको हात्तीको ठाँउमा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो ।
बैंकको सूचनामा उल्येख भए अनुसार ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’
नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।
नोट साउन ७ गत बुधबारदेखि चलनचल्तीमा आउनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ४४ बजे