१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्युटारको विद्यालयमा खुल्यो सूचना तथा प्रविधि प्रयोगशाला


६ श्रावण २०७७, मंगलबार  

0
Shares

कालीदेवि माविमा सञ्चालनमा लयायएको कम्प्युटर ल्याव । तस्विर ः ठाकुर लामा

६ साउन ०७७, प्युटार । वाग्मती गाउँपालिका–४ प्युटारको कालेदेवी माध्यमिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला सञ्चालनमा आएको छ । दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रयोगशाला जडान गरिएको हो ।
प्राधिकरणले विद्यालयमा डेस्कटप कम्प्युटर २४ थान, चार सिसी क्यामेरासहितको सिसी टिभी, १० केभि क्षमताको इन्भर्टर तथा १६ वटा ब्याट्री, एक थान स्क्रीन सहितको प्रोजेक्टर, उच्च क्षमताको राउटर सहितको नेटवकिङ प्रविधि, दुई थान इन्टरनल र एक्सटनल डिभिडि जडान गरिदिएको प्रधानाध्यापक ठाकुर लामाले बताएका छन् ।
उनले भने, “कक्षा छ देखि १० सम्म अध्ययनरत विद्यार्थीले यस प्रविधिको प्रयोग गर्नेछन् ।” विद्यालयमा कक्षा छ देखि १० सम्म अध्ययनरत करिब २५० विद्यार्थी अध्ययनत रहेका छन् । “यसअघि विद्यालयमा ३ वटा ल्यापटप र ४ वटा डेस्कटप कम्प्युटर मात्र प्रयोगमा रहेका थिए”, प्रधानाध्यापक लामाले भने । प्राधिकरणले वडा नं ७ गिम्दीको नारायणी माविमा पनि प्रविधि सहयोग गरेको बताइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।