५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौँ उपत्यकामा नौ जनामा कोरोना पुष्टि


८ श्रावण २०७७, बिहिबार  

0
Shares


८ साउन ०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा नौ जनामा कोभिड– १९ सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरका एक र काठमाडौँका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका तीन र स्टार अस्पताल सानेपाको ल्यावमा गरिएको परीक्षणमा ललिपुरका एक जनालाई सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता गौतमले बताएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ६ : ३७ बजे