११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विहीबार भेटिए २ कोरोना संक्रमित


८ श्रावण २०७७, बिहिबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

८ साउन ०७७, ललितपुर । विहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र स्टार अस्पताल सानेपाको ल्यावमा गरिएको परीक्षणमा एक एक जना कोरोना संक्रमित भेटिएको पुष्टि गरे ।
स्वास्थ्य कार्यालय ललितपुरले ललितपुर महानगरपालिकामा बसोबास गर्ने ३१ र ३५ बर्षिय पुरुष रहेको जानकारी दिउको छ कार्यालयका अनुसार उनीहरु दुवै ललितपुरका बासिन्दा नभई काठमाडौं उपत्यका बाहिरबाट यहाँ आएर बसेका हुन् ।
यो संगै ललितपुरमा कुल ८६ जना संक्रमित फेला परेका छन् । यस मध्ये ३७ जना महिला र ४९ जना पुरुष छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : १६ बजे