५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुुक्रबार थपिए १ सय ३३ कोरोना संक्रमित


९ श्रावण २०७७, शुक्रबार  

0
Shares

९ साउन ०७७, काठमाडौं ।  देशभरमा शुक्रबार थप १ सय ३३ जनामा कोरोना सङ्क्रमण लागेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ९ सय ८६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यो संख्यासँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

अहिलेसम्म कोरोना सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या पाँच हजार ३ सय ८३ जना पुगेको छ । प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १ सय ४६, प्रदेश नं २ मा एक हजार ९सय१, वाग्मती प्रदेशमा ४ सय ३९, गण्डकी प्रदेशमा ३ सय ३१, प्रदेश नं ५ मा ३ सय ५४, कर्णाली प्रदेशमा ३ सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ८ सय ९७ रहेको छ । कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १ सय ७ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ९सय ४७ पुगेको छ । डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १९ हजार ४सय ४४ जना रहेको छ ।

थप एकको मृत्यु
त्यसैगरी कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका एक वृद्धको नारायणी अस्पतालमा उपचारत ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।
निमोनिया र श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना हुनुभएका उनको उपचारका क्रममा आज निधन भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : १५ बजे